पथरीशनिश्चरे नगरपालिका–४ का २३ वर्षीय ज्ञानदीप राईको प्रहरी हिरासतमा रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको छ ।
लागुऔषध मुद्दामा इलाका प्रहरी कार्यालय, पथरीको हिरासतमा रहेका राईको उपचारका क्रममा ०८२ माघ ६ गते विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो ।
अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा राई अस्वस्थ्य भएपछि माघ २ गते मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लावारी मङ्गलबारेमा भर्ना गरिएको थियो ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले माघ ६ गते नोवेल अस्पताल रिफर गरेको र उपचारका क्रममा नोवेल अस्पतालमा राईको मृत्यु भएको डिएसपी चौधरीले बताउनु भयो ।
शव नोवेल अस्पतालमा राखिएको र पीडित परिवार आएपछि जिम्मा दिने तयारी गरिएको डिएसपी चौधरीले बताउनु भएको छ ।