नक्खु कारागारबाट भागेका सुनकोसी गाउँपालिका–१ निवासी ४२ वर्षीय सिताराम भुजेललाई ०८२ माघ २ गते प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज थापाको नेतृत्वमा खटिएको टोलीले सुनकोसी गाउँपालिका–१ नेपालथोक नजिकबाट ०८२ माघ २ गते गिरफ्तार गरेको छ ।
कर्तव्य ज्यान र कैदीबन्दी भगाएको अभियोगमा अदालतबाट २८ वर्ष १० महिना ४ दिनको कैद सजाय सुनाइएका भुजेल नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला ‘जेन्जी आन्दोलन’का क्रममा भदौ २४ गते भागेका थिए ।
भुजेलको स्वास्थ्य परीक्षण गराई थप कानुनी प्रक्रिया अघि बढाइएको र स्वास्थ्य परीक्षणपछि उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।