१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ टिकुलियाका २७ वर्षीय अमन सदालाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २ गते इलाका प्रहरी कार्यालय, पकलीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा माघ २ गते गरिएको छ ।