धवलागिरी गाउँपालिका–७ झिनडाँडाकीे २० वर्षीया पुनमाया बि.क.लाई ०८२ माघ ३ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका– २३ ठुलाखेत घर भई पोखरा महानगरपालिका– ७ सृजनाचोक बस्ने ३२ वर्षीय पति प्रेम भन्ने रमेश कामीलाई पोखरा महानगरपालिका–१७ बिरौटाबाट माघ ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई घरायसी विवादको क्रममा माघ ३ गते कुटपिट गरी गम्भीर घाइते बनाएको र उपचारको क्रममा प्रादेशिक अस्पताल बेनीमा माघ ४ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम माघ ४ गते प्रादेशिक अस्पताल बेनीमा गरिएको छ ।
आरोपितलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट माघ ६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर गोविन्द सुवेदीले जानकारी दिनुभयो ।