जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि माघ २ गते कोशी प्रदेशका २८ ओटा निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ असोज ८ गते संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगले माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका तय गरेको छ ।
ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनु भयो । उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो ।
ओखलढुङ्गा इन्सेक प्रतिनिधि सरस्वती बानियाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तर्गत जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मूख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरलाले ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालय भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, सुरक्षा निकायका प्रमुखहरू, जिल्ला निर्वाचन कार्यालयका प्रमुख लगायतको सहभागितामा कार्यालय उद्घाटन गरिएको हो ।
सोलुखुम्बु इन्सेक प्रतिनिधि अञ्जु कार्कीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्लेरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिएको छ । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगबाट जिल्लाको लागि मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोखरेलले कार्यालयको औपचारिक उद्घाटन गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले कार्यालयको उद्घाटन गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैले सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्न सबैले राजनीतिक दलदेखि नागरिक प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।
सङ्खुवासभा इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । माघ २ गते सदरमुकाम खाँदबारीस्थित जिल्ला हुलाक कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनमा उम्मेदवारहरूको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले उद्घाटन गर्नु भएको थयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा यसै कार्यालयमार्फत गरिने जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख न्तिोष राईले बताउनु भयो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन राजनैनिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यकता भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । कार्यक्रममा बोल्दै न्यायाधीश कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा रहेको भन्दै चुनावलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । नागरिकहरुलाई उत्साहित बनाउदै भयरहित बाताबरणमा चुनाव गर्नुपर्ने दायित्व रहेका कारण सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनु भयो ।
खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि माघ २ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले माघ २ गते जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नु भएको छ । न्यायाधीश पराजुलीले निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रक्रिया बढाइने बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद बनाइने बनाउने बताउनु भयो ।
भोजपुर इन्सेक प्रतिनिधि गणेश विष्टका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । माघ २ गते जिल्ला अदालत भोजपुरमा क्रियाशील राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायको उपस्थितिमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको सबल अभ्यासका रूपमा निर्वाचनलाई उल्लेख गर्दै आम मतदाताले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले सुरक्षा निकायबीच समन्वय गरेर सम्पूर्ण निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्था कायम गरिने स्पष्ट पार्नुभयो । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीलाई मजबुत बनाइएको बताउनु भयो ।
तेहृथुम इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सदरमुकाम, म्याङ्लुङमा ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन गर्नु भएको छ । जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
धनकुटा इन्सेक प्रतिनिधि ईश्वर थापाका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिएको छ । उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यालय स्थापना गर्दै उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुसँग सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले निर्वाचनको बारेमा सर्वपक्षीय छलफल आगामी ४ गते गरिने बताउँदै देशको विशेष पर्वलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो। निर्वाचनमा निष्पक्षता र स्वतन्त्रता, कानुनी ज्ञान र अनुभव, विवाद समाधानको क्षमता, सार्वजनिक विश्वास र संविधान तथा कानुनको संरक्षणको दायित्व न्यायधिसको भएकाले निर्वाचनमा मुख्य निर्वाचन अधिकृत न्यायधिसलाई नियुक्त गर्ने चलन रहेको उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश भट्टराईले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रत्याभूति दिने विश्वास दिलाउनु भयो। प्रतिनिधी सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नाम मुख्य निर्वाचन अधिकृत नियुक्त भइसक्नु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा १ सय १९ ओटा मतदानस्थलमा १ सय ६६ ओटा मतदान केन्द्र र दुई ओटा अस्थायी मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार प्रतिनिधिसभा एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ २ गते जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका लागि आवश्यक सम्पूर्ण कार्यहरु सञ्चालन गर्नका लागि माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो । जिल्ला अदालतका न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत कुमार मास्केले ब्यानर बाचन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला हुलाक कार्यालयको परिसरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला अदालतका जिल्ला न्यायाधीश रोशन गजुरेल मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्वर १ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत खुमप्रसाद भण्डारी निर्वाचन अधिकृत नियुक्त हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक कार्य अघि बढेको छ ।
झापा इन्सेक स्रोत व्यक्ति नरेश खातीका अनुसार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका पाँच ओटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर –३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईँटेलको कार्यालय रहने छ भने सोहि स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर—३ को कार्यालयसमेत रहने छ । सहायक निर्वाचन अधिकृतको जिम्मेवारी डिल्लीराम प्रसाईलाई तोकिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । निर्वाचन सम्पन्न गर्नका लागि गोपी विश्वकर्मालाई निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ । क्षेत्र नम्बर—२ मा निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको प्रशासनिक भवनमा राखिएको छ । क्षेत्र नम्बर— २ मा महेश खत्री र शुक्रराज बान्तवालाई क्रमशः निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । तुर्सा हेमरम प्रतिष्ठान कन्काई नगरपालिका—१ मा झापा निर्वाचन क्षेत्र नम्बर—४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा रहनु भएको छ । दमक नगरपालिका—८ मा रहेको अग्र्यानिक कृषि केन्द्रलाई झापा निर्वाचन क्षेत्र नम्बर—५ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृत बिदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठलाई तोकिएको छ ।
मोरङ इन्सेक प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ । माघ २ गते विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत र मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मोरङका प्रमुख निर्वाचन अधिकृत भिष्मराज प्रसाईले उद्घाटन गर्नु भएको छ । यस्तै मोरङको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय उर्लावारीमा, क्षेत्र नम्बर २ को रतुवामाईमा, क्षेत्र नम्बर ३ को वेलवारीमा, क्षेत्र नम्बर ४ को विराटनगर–३ स्थित हृदयन्द बालउद्यानमा र क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी मोरङ सिंचाई आयोजनाको कार्यालयमा स्थापना गरिएको छ । निर्वाचन आयोगले पुस २० गते मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्रनम्बर ६ को निर्वाचन अधिकृत नियुक्त गरेको थियो । यस्तै मोरङ क्षेत्र नं १ को निर्वाचन अधिकृतमा महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश घिमिरे, क्षेत्रनं २ मा सोलुखुम्बुका जिल्ला न्यायधिबक्ता रुद्रप्रसाद आचार्य, क्षेत्र नं ३ मा सर्बोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्रनं ४ मा सर्बोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नं ५ मा सर्बोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुलीलाई नियुक्त गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मोरङमा प्रतिनिधिसभा निर्वाचनका काम हरेक निर्वाचन क्षेत्र स्तरबाटै सुरू भएको छ ।
सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते तीन स्थानमा चार ओटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि माघ २ गते जिल्लाको चार ओटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकोले इनरुवा नगरपालिका–२ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा ४ र २ नम्वर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा दुवै निर्वाचन अधिकृत कार्यालय उद्घाटन गरिएको हो । जिल्लाको इनरुवामा निर्वाचन क्षेत्र नम्बर २ र ४ को मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरी २ नम्वर निर्वाचन अधिकृतको रुपमा प्रधानमन्त्री कार्यालयका उप सचिव राजेन्द्र कुमार लम्साल रहनुएको छ । त्यसैगरी दुहबी नगरपालिका–६ स्थित पशु तालिम केन्द्र भवनमा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । सुनसरी ३ नम्वर निर्वाचन अधिकृतमा रोल्पा जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की रहनु भएको छ । त्यसैगरी धरान उपमहानगरपालिका–८ मा सभागृहमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनु भउो । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय १ नम्बर निर्वाचन अधिकृत दिव्यराज घिमिरेको अध्यक्षता र मुख्य निर्वाचन अधिकृत प्रकाश राउतको प्रमुख अथित्यतामा उद्घाटन गरिएको छ । जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत तथा चार जना निर्वाचन अधिकृतहरू तोकिएको छ । मुख्य निर्वाचन अधिकृत राउतलाई नै ४ नम्बर निर्वाचन अधिकृतको पनि जिम्मेवारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतले निर्वाचन आयोगको निर्देशन अनुसारको काम गर्न सबै क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको बताउनु भयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, एसपी केशवकुमार थेवे, शिक्षा तालिम प्रमुख गोपाद दाहाल, सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्र जग राणा , इन्सेक प्रतिनिधि जयकृष्ण यादव सहितको सरोकारबालाहरु र अधिकारीहरुको उपस्थिति रहेको थियो ।
उदयपुर इन्सेक प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा सदस्यको लागि दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । त्रियुगा नगरपालिका–१०, बोक्सेमा स्थापना गरिएको कार्यालयको माघ २ गते मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायले औपचारिक उद्घाटन गर्नु भएको छ । कार्यालयको उद्घाटनसँगै निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हुने सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यह अब यही कार्यालयमार्फत सञ्चालन हुनेछ । मतदान केन्द्र निर्धारणदेखि मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारी परिचालन तथा निर्वाचनसम्बन्धी अन्य प्रशासनिक तथा कानुनी प्रक्रियाहरू अघि बढेको छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्ने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनु भयो । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ मा त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिका पर्दछन् । उदयपुर प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालय कटारी नगरपालिका–४ स्थित उदयपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको छ । सो कार्यालयमार्फत निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका सम्पूर्ण निर्वाचन व्यवस्थापनका कार्यहरू सञ्चालन हुनेछन् । उदयपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र कायम रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका समावेश छन् । मुख्य तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै उदयपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को औपचारिक तयारीले गति लिएको छ ।