INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

बलात्कार घटनाका आराेपित विरुद्धकाे उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ स‌करपुराका २१ वर्षीय रामकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते उजुरी दर्ता भएको छ । पीडितको घरमा कोही नभएका बेला

म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरेको आरोपमा प्रबन्ध निर्देशक र डा. गिरफ्तार

वीरगंज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) ३१ वर्षीय सहनवाज अन्सारी र ३७ वर्षीय डा. सञ्जय साहलाई ०८० चैत  २६ गते जिल्ला प्रहरी कार्यालय पर्साले गिरफ्तार गरेको

जिल्ला सदरमुकाममै खानेपानीको अभाव भएपछि स्थानीयहरु समस्यामा

जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति, डडेल्धुराले खानेपानी वितरण गर्दै आएको भए पनि गर्मी मौसम सुरु भएसँगै मुहानमा

एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्न बाध्य छन् मल्लरानी गाउँपालिकाका स्थानीय

गाउँमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता रहँदै आएको मल्लरानी गाँउपालिका-२ का स्थानीयले गुनासो गरेका छन् । बस्तीमा पानीको सहज व्यवस्था नहुँदा मल्लरानी गाउँपालिका-२

स्थानीय तहको न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लामा रहेका नौ ओटै स्थानीतहरूको न्यायिक समितिहरूमा कानुन अधिकृतको अभावका कारण स्थानीय तहका न्यायिक प्रक्रिया सही रूपमा छिनोपानो हुँन नसक्दा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले व्यवस्था गरे बमोजिम

बालविकास शिक्षिकाहरु ६ महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूलाई संघ र स्थानीय सरकारले तलब सुविधा उपलब्ध गराउनु पर्ने

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया अमृता मिरा देवकोटाले आफूलाई ६२ वर्षीय ससुरा बाले पाण्डे,५५ वर्षीया सासु आमा पवित्रा पाण्डेले घरेलु हिंसा गरी घर निकाला गरेको आरोपमा चैत २८ गते जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका–१ का १९ वर्षीय शिव कमतीलाई ०८० चैत २६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १४ गते

अज्ञात पक्षद्वारा महोत्सव स्थलमा निर्मित जनजाति समूदायको नमूना बस्तीमा आगजनी

अज्ञात पक्षले नारायणी नदी किनारमा सञ्चालन गरिने महत्वका लागि निर्माण गरिएको जनजाती समूदायको नमूना बस्तीमा  चैत २६ गते राती आगजनी गरेको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । महोत्सवस्थलमा निर्मित

जातीय विभेदको कसुरमा तीन महिना कैद सजायको फैसला

रास्कोट नगरपालिका–५ का मानव अधिकारकर्मी ३५ वर्षीय विर तिरुवालाई जातीय विभेद गरेको कसुरमा सोही नगरपालिका–१ का ३० वर्षीय अशोक शाही , पत्नी २७ वर्षीया सविना शाही र साली २४ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका– ९ विर्दी का ३२ वर्षीय शेर बहादुर गुरुङलाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० चैत २६ गते

विद्यालयमा चार महिनादेखि विद्यार्थी दिवाखाजाबाट वञ्चित

सोरु गाउँपालिका – ९ कालैमा रहेको  श्री विजय माध्यामिक विद्यालयमा सरकारले विद्यार्थीलाई निशुल्क दिदै आइरहेको दिवाखाजा ०८० मङ्सिर महिना देखि विद्यार्थीहरुलाई दिवाखाजा दिएको छैन । विद्यालयमा दिवाखाजाको रकम कटाएर निजी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पतिलाई चैत २६ गते गिरफ्तार गरेको छ । आफूलाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरूद्ध चैत २५ गते 

प्रहरी र प्रदर्शनकारीबिच झडप, दुवैतर्फ गरी २७ जना घाइते

राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाण्डौंको भद्रकालीमा गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा दुवै तर्फ गरी २७  जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र

काठमाडौँको वायु विश्वमै बढी अस्वस्थकर (सूचीसहित)

काठमाडौंको वायु प्रदूषणको स्तर विश्वमा सबैभन्दा बढी अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा रहेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा

उपनिर्वाचनको आचारसंहिता चैत २८ गतेदेखि लागू (आचारसंहिता सहित)

आगामी वैशाख १५ गते तोकिएको उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ ।  इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर

आत्महत्या दुरुत्साहन घटनाका फरार नन्द हाजिर

राजविराज नगरपालिका–८ की २० वर्षीया इबराना खातुनलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेकी मृतककी नन्द राजविराज नगरपालिका–८ की २२ वर्षीया सबिना खातुन ०८० चैत २६ गते हाजिर भएकी छिन् ।

उपनिर्वाचन ०८१– इलाम निर्वाचन क्षेत्र न. २ का सबै मतदान केन्द्र अति सम्वेदनशील, उम्मेदवारलाई चुनाव चिन्ह प्रदानसँगै आचारसंहिता लागू

इलाम निर्वाचन क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कायम गरिएका ७९ ओटा मतदानस्थललाई सम्वेदनशील मतदानस्थलमा वर्गीकरण गरी उम्मेदवारलाई चुनाव चिन्ह दिएसँगै चैत २८ गतेदेखि

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि रोल्पा कारागारमा समस्या

रोल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई समस्या भएको छ । कैदीबन्दीहरूले कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी भएको हुनाले बसाई असहज भएको बताएका हुन् । कारागार प्रमुख यामलाल वलीका

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१६ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा जानको लागि इन्सेकले ०८० चैत २६ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको कारण न्यायीक प्रक्रियामा जान