INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया अमृता मिरा देवकोटाले आफूलाई ६२ वर्षीय ससुरा बाले पाण्डे,५५ वर्षीया सासु आमा पवित्रा पाण्डेले घरेलु हिंसा गरी घर निकाला गरेको आरोपमा चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितहरुले चैत २७ गते राती घर छोड्न भन्दै नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।

पति घरमा नभएको अवस्थामा आफूलाई घरमा बस्दा खान नदिने घरमा बसे मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितको भनाइ रहेको छ ।

आरोपित पाण्डेद्वयका विरुद्ध उजुरीपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर पोषण थापाले बताउनुभयो ।

अन्य

भिडियो