INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका–१ का १९ वर्षीय शिव कमतीलाई ०८० चैत २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई चैत १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत १६ गते उजूरी दिएको पीडितको आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत १६ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी मुक्तिनाथ सपकोटाले– “आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको र घटना स्थल इलाका प्रहरी कार्यालय लाहानको भएकोले मुद्दा र आरोपितलाई लहान पठाएको” भन्नु भयो ।

अन्य

भिडियो