INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पतिलाई चैत २६ गते गिरफ्तार गरेको छ ।

आफूलाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरूद्ध चैत २५ गते  जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्ष्ण चैत २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो