INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका– ९ विर्दी का ३२ वर्षीय शेर बहादुर गुरुङलाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८० चैत २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरको हो । आरोपित विरुद्ध चैत २७ गते बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो