INSEC Online

📅 २०८३ असार १२

समाचार

सुर्खेत कारागारका बन्दीको मृत्यु

दैलेख जिल्लाको नौमूले गाउँपालिका- ४ घर भई सुर्खेत कारागारमा रहेका बन्दी २२ वर्षीय लछुमन सुनारको ०८३ वैशाख २३ गते साँझ मृत्यु भएको छ । कारागारभित्र साँझ ६:४० बजे बेहोस भएका

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । अदालतले कसुरदार मिथिला बिहारी नगरपालिका–१० ठेरा

बालसुधार गृह वीरगञ्जबाट फरार कैदी गिरफ्तार

वीरगन्ज महानगरपालिका–४ स्थित बालसुधार गृहबाट ०८२ भदौ २४ गते फरार भएका सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका– २ का २२ वर्षीय बेगम विकलाई प्रहरीले २०८३ वैशाख २१ गते वीरगन्ज बिर्ता चोकबाट गिरफ्तार

वैवाहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष कैद सजाय

वैवाहिक बलात्कार गरेको कसुरमा एक पुरुषलाई जिल्ला अदालत पर्वतले दुई वर्ष ६ महिना कैद तथा जरिबानाको सजाय सुनाएको छ । मोदी गाउँपालिका–६ का ५१ वर्षीय पुरुषलाई जिल्ला अदालतका न्यायाधिस बासुदेव

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ०८३ वैशाख २० गते बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडितले वैशाख

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–८ का २२ वर्षीय सुरज प्रकाश मण्डललाई  ०८३ वैशाख २१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई  वैशाख २० घरमै प्रवेश

मकवानपुरमा हावाहुरीले घरको छाना उढाएपछि २६ परिवार प्रभावित

हावाहुरी र पानीले मकवानपुरका विभिन्न स्थानमा ०८३ वैशाख २१ गते  ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मकवानपुरको कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाका २६ परिवार प्रभावित बनेका छन् । हावाहुरीले घरका

भूमिहीनमाथि जबरजस्ती उठिबास रोक्न माग गर्दै  ध्यानाकर्षण

सुर्खेत स्थित नागरिक समाज संस्थाहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको जबरजस्ती उठिबास, बेदखली तथा मानव अधिकार उल्लङ्नप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । इन्सेक,

गुल्मीका २ सय बढी स्थान बाढी र पहिरोको जोखिममा

वैशाख महिनामै निरन्तर ठूलो वर्षा हुन थालेपछि गुल्मी जिल्लाका विभिन्न बस्ती तथा सडकहरू बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । वर्षासँगै ग्रामीण क्षेत्रका अधिकांश सहायक सडक अवरुद्ध हुने अवस्था

दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

सार्वजनिक स्थलमा महिलालाई दुर्व्यवहार र अस्लिल हर्कत गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनारलाई ०८३ वैशाख २२ गते पुतलीबजार नगरपालिका–१ बाट गिरफ्‌तार गरेको छ । महिलालाई वैशाख

२० प्रतिशतभन्दा बढी किशोरी १९ वर्ष नपुग्दै सुत्केरी

हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा वृद्धि भएको हो । जिल्लाभर २०८२ साउनदेखि चैत मसान्तसम्म

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एस्‌पी गौतम मिश्रले जानकारी दिनुभयो ।

सुकुम्वासीको विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकाको प्रयोग

कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती हटाउन दिएको सूचनापछि आयोजित विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकालाई सहभागी गराइएको घटना सार्वजनिक भएको छ। अव्यवस्थित भूमिहीन तथा सुकुम्वासीको संयुक्त सङ्घर्ष समन्वय समितिको आह्वानमा ०८३ वैशाख

बसोबास व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मकवानपुरका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले जग्गाको निस्सा (स्वामित्व प्रमाण) प्रदान गर्न माग गर्दै संघीय सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह

विद्यार्थी सङ्ख्या न्यून भएपछि दुई सरकारी विद्यालय बन्द

विद्यार्थी सङ्ख्या न्यून भएपछि कानेपोखरी गाउँपालिकाका दुई ओटा सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी सङ्ख्या अपुग भएपछि तीन ओटा विद्यालयको कक्षा घटाइएको छ । कानेपोखरी गाउँपालिका–१ को सिद्धार्थ आधारभूत

खप्तडछान्नामा सुत्केरी भत्ता रोकियो, पोषणयुक्त आहारमा समस्या

खप्तडछान्ना गाउँपालिका–६ स्थित पाटादेवल स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरूले महिनौँदेखि सरकारले दिने सुत्केरी भत्ता पाउन सकेका छैनन् । स्थानीय रुपा थापा गएको भदौ महिनमा सोही स्वास्थ्य चौकीमा सुत्केरी हुनु भयो

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीय बालिकालाई ०८२ माघ २० गते बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका– ६ बर्मेलीटोलका २२ वर्षीय रोशन बलम्बु मगरविरुद्ध पीडित पक्षले ०८३ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

सिफारिस लिन १२ घण्टासम्म हिँड्नुपर्ने बाध्यता

हुम्लाका दुई गाउँपालिकाका केही वडाका नागरिकहरु नागरिकता लगायतका आवश्यक सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन्। वडा कार्यालय र बस्तीबीचको दूरी टाढा हुँदा स्थानीयले सरकारी सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का १९ वर्षीय प्रिन्सखाँ थारूलाई वैशाख २० गते गिरफ्तार गरेको छ । युवतीलाई ०८३ वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित

किराँत आठपहरियाद्वारा जनजातिमा सूचीकृत गर्न माग

जिल्लामा रहेका सीमान्तकृत किराँत आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न माग गरेका छन् । जनजातिमा सूचीकृत गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका