INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेलमा जेठ १५ गते दिएको उजुरीको आधारमा आरोपितलाई  गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १६ गते पाटन अस्पतालमा गरिएको छ।

आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनसुन्धान गरिरहेको प्रहरीले बताएको छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो