INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१० छालिङ बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मालाई घरायसी विवादका क्रममा ०८३ जेठ २० गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति ३८ वर्षीय विदुर विश्वकर्मालाई गिरफ्‍तार गरेको छ ।

आरोपितले पत्नीलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर हत्या गरेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनामा बाबु–आमाबिच भएको झगडा छुटाउन जाँदा आठ वर्षीय छोरा त्रसिल विश्वकर्मा घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार गरिएको छ भने हाल बालकलाई जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ ।

अनमोल पन्त

अन्य

भिडियो