INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका– २ करमकुसेका ५५ वर्षीय बालकुमार खड्कालाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई ०८३ जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय, रौतामाईमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा जेठ १९ गते गरिएको छ ।

कोशी प्रदेश 

अन्य

भिडियो