INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महोत्तरी जिल्ला अदालतले दश वर्षीय बालकलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र ७ लाख रुपियाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको ०८३ जेठ ११ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैद सजाय र जरिवानाको आदेश गरे पनि घटनाको संवेदनशीलतालाई हेर्दै आरोपित बालक नाबालक रहेका कारण उनको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउने र पीडित बालिकालाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने रकम पीडित राहत कोषबाट भराउने फैसला भएको अधिकृत संजय साहले बताउनुभयो ।

आरोपितले बालिकालाई २०८१ पुस ९ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले २०८१ पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण सोही दिन प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको थियो ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो