INSEC Online

समाचार

असुरक्षा बढेको पत्रकारको गुनासो 

गत कात्तिक २३ गते नागरिक दैनिकका रूकुम सम्वाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रूकुमको बाफियाकोट–६ मग्मामा स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेको बेला स्थानीयवासी कमलजङ्ग

अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

विदेह नपा–५ मुडिबाका ६७ वर्षीय मानैर ठाकुर बरहीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकै रहेको सामुदायिक विद्यालयको पछाडि खाल्डोमा कात्तिक २९ गते बिहान शव फेला परेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बेतिया घर भई हाल रामपुर नगरपालिका–४ भिमसेन टोलमा मिस्त्री काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई कात्तिक ३० गते गिरफ्तार गरेको छ

घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसा पीडित २५ वर्षीया कविता मेहतालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आर्थिक सहयोग गरेको छ । हिंसा पीडित कविताका बालबालिकालाई लुगाकपडामा सामान्य सहयोग पुग्ने गरी इन्सेकले वर्ष पुस्तक प्रकाशन पूर्व

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–४ बट्टारका ३२ वर्षीय बादलमान श्रेष्ठ र २४ वर्षीय रविन थापालाई कात्तिक २९ गते गिरफ्तार गरी

इन्सेकको पहलमा आमाको नामबाट नागरिकताका पाउन रिट दायर

पोखरा महानगरपालिका–९ का १७ वर्षीय रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनी उच्च अदालत पोखरामा कात्तिक ३० गते रिट दायर गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को

कालिकोटको मानव अधिकार अवस्थाबारे इन्सेकको टोलीद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेल, इन्सेक कर्णाली प्रदेशका

माओवादी सशस्त्र सङ्घर्षमा लागेको आरोपमा जन्म कैद

धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला ०६१ पुस १८ गते हतियारसहित भागेर माओवादी सेनामा लागेका कालिकोट शुभकालिका–५, सुकाटियाका ३८ वर्षीय सिंहबहादुर शाहीको परिवार विचल्लीमा परेको छ । नेपाली सेनाबाट हतियारसहित

डेढ महिनादेखि कार्यालय प्रमुखविहीन, सेवाग्रही प्रभावित

हुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख डेढ महिनादेखि जिल्लामा नहुँदा सेवाग्रहीका कामकाज प्रभावित भएका छन् । असोज दोस्रो हप्तादेखि दसैँ मनाउन जिल्ला बाहिर गएका सरकारी कार्यालयका प्रमुख तिहार सकिएको एक हप्ता

बलात्कारीबाट छोरीलाई जोगाउँदा गोडा भाँचियो

सुस्त मनस्थितिकी २२ वर्षीया छोरीलाई बलात्कारीबाट बचाउँदा ६७ वर्षीय ज्येष्ठ नागरिकको गोडा बलात्कार घटनाका आरोपितले भाँचिदिएका छन् । कात्तिक २२ गते राति १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा

शान्तिमालिकाको अध्यक्षमा इन्सेक निर्वाचित

शान्तिका लागि महिला सञ्जाल (शान्तिमालिका)को दोस्रो साधारणसभाले इन्सेकको अध्यक्षतामा नयाँ नेतृत्व नर्वाचित गरेको छ । कात्तिक ३० गते काठमाडौँमा आयोजित साधारणसभाले उपाध्यक्षमा साप नेपाल, महासचिवमा इर्हिकन, कोषाध्यक्षमा एफडब्लुएलडी तथा सदस्यहरूमा

एम्बुलेन्स चढ्ने पैसा नहुँदा चेपाङ महिलाको बाटैमा मृत्यु !

राप्ती नगरपालिका–१३ श्यामराङकी ४५ वर्षीया ठूलीमाया चेपाङको एम्बुलेन्सको अभावमा समयमा अस्पतालसम्म आउन नपाउँदा कात्तिक २७ गते बाटोमै मृत्यु भएको छ । मृतकका ५० वर्षीय पति एबीलाल चेपाङले भने–“मुटु रोगबाट ग्रस्त

शिक्षकमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी दर्ता

झिमरूक गाँउपालिका–८ स्थित जनता माविका शिक्षक ३२ वर्षीय सिद्दिमान जिसीमाथि कुटपिट गरेको आरोपमा सोही ठाँउका वडा अध्यक्ष ३८ वर्षीय तुलस बस्नेतविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै सन्धिखर्क नपा–२ का ४९ वर्षीय हरीप्रसाद भुसाललाई जिल्ला अदालतले कात्तिक २८ गते ६ वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको 

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई वर्ष पुस्तकमा महत्व दिनु पर्छः आयोग सदस्य पौड्याल

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनु पर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले जोड दिएका छन् । इन्सेक बैतडीले आयोजना

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैद

अन्नपुर्ण गाउँपालिका–१ की २० वर्षीया पुजा परियारलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा सोही ठाउँका २४ वर्षीय सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले कात्तिक २८ गते ६ महिना कैद र ५

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला की ४४ वर्षीया शान्तिकला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला अदालत मोरङले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश

विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षिका विद्यालयबाट निष्काशित

विद्यार्थी कुटपिट गरेको आरोपमा नोबल सेकेण्डरी बोर्डिङ्ग स्कुल देवचुली नपा–१० की शिक्षिका विद्या चापागाईंलाई विद्यालय व्यवस्थापन समितिले निष्काशन गरेको छ । शिक्षिका चापागाईंले कात्तिक १८ गते सोही विद्यालयमा कक्षा ४

इन्सेकको पहलमा सेती परियारले विवाह गरेको १७ वर्षपछि पाइन् नागरिकता

नागरिकता प्रमाणपत्र दिन पतिले इन्कार गर्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीया सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । ३२ वर्षीय पति गोविन्द दमाईबाट पालन