INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोटको मानव अधिकार अवस्थाबारे इन्सेकको टोलीद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ ।

इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेल, इन्सेक कर्णाली प्रदेशका संयोजक नरायण सुवेदी, सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा र कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लको टोलीले कार्तिक ३० गते जिल्लाको समग्र मानव अधिकार अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमनका टोलीले क्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख र पत्रकारहरूसँग भेटघाट गरेर महिला हिंसा, जतीय विभेद, शिक्षा, स्वास्थ्य, खाद्य अधिकारको अवस्थाका बारेमा जानकारी लिएको छ । साथै टोलीले जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको समेत अनुगमन गरेको छ ।

भेटका क्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र प्रहरी प्रमुख डिएसपी विनोद शर्माले महिला हिंसा र यौन दव्र्यवहारका घटनाहरू बढ्दै आएकाले मानव अधिकार अवस्था नाजुक रहेको बताए ।

साथै उनीहरूले तीन महिनामा महिलामाथि हुने हिंसाका आठ ओटा घटनाहरू गम्भीर खालका भएको बताए ।

अन्य

भिडियो