राप्ती नगरपालिका–१३ श्यामराङकी ४५ वर्षीया ठूलीमाया चेपाङको एम्बुलेन्सको अभावमा समयमा अस्पतालसम्म आउन नपाउँदा कात्तिक २७ गते बाटोमै मृत्यु भएको छ ।
मृतकका ५० वर्षीय पति एबीलाल चेपाङले भने–“मुटु रोगबाट ग्रस्त पत्नीको उपचार गाउँमा नहुँदा अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको व्यवस्था गर्न नसकेपछि ज्यान गएको हो ।”
प्राथमिक उपचारको लागि पनि नजिकमा स्वास्थ्यचौकी नभएको र बसाइको हिसाबले नगरबासी भए पनि विकासको कुनै पनि पूर्वाधारले अहिलेसम्म नछोएको हुँदा श्यामराङवासीलाई सामान्य उपचारको लागि समेत तीन घण्टा लगाएर वासवाङ र भण्डारासम्म पुग्न पर्ने बाध्यता रहेको चेपाङले बताए ।