INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बेतिया घर भई हाल रामपुर नगरपालिका–४ भिमसेन टोलमा मिस्त्री काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको र आरोपित भागेको पीडित पक्षको आरोप छ ।

पीडित परिवारले कात्तिक २९ गते नै प्रहरीमा उजुरी दर्ता गराएका थिए । उजुरी लगत्तै उनको खोजी कार्य तीव्र बनाइएको र गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

अन्य

भिडियो