INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी दर्ता

झिमरूक गाँउपालिका–८ स्थित जनता माविका शिक्षक ३२ वर्षीय सिद्दिमान जिसीमाथि कुटपिट गरेको आरोपमा सोही ठाँउका वडा अध्यक्ष ३८ वर्षीय तुलस बस्नेतविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

कात्तिक २० गते विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा वडा अध्यक्ष र शिक्षकबीच विवाद हुँदा वडा अध्यक्षले पीडितको टाउकोमा प्रहार गर्दा घाइते भएको पीडित पक्षको आरोप छ । पीडित शिक्षकको उपचार जिल्ला अस्पताल बिजुवारमा भइरहेको प्रहरीले जनायो ।

पीडित शिक्षकले कुटपिट तथा सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेको भन्दै कात्तिक २८ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएको डिएसपी निर्मल बुढाथोकीले बताए ।

अन्य

भिडियो