घरेलु हिंसा पीडित २५ वर्षीया कविता मेहतालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आर्थिक सहयोग गरेको छ ।
हिंसा पीडित कविताका बालबालिकालाई लुगाकपडामा सामान्य सहयोग पुग्ने गरी इन्सेकले वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रममा २ हजार रुपियाँ सहयोग गरिएको हो ।
इन्सेक सुनसरीले कात्तिक ३० गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा आफ्नो समिक्षा गर्ने क्रममा सहयोग हस्तान्तरण गरेको हो । सुनसरीको इनरूवा–९ बबियाकी हिंसा पीडित २५ वर्षीया कविता मेहताले आर्थिक सहयोग गरिएको हो ।
घरेलु हिंसा पीडित भएको र न्यायको लागि अपिल गरेको चार दिनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले पीडितका छोराछोरीलाई जाडोबाट जोगिन कपडा खरिद गर्ने गरी २ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
कवितालाई पति अशोक मेहताले चार छोराछोरी जन्माएर बेवास्ता गरी अर्कैसँग विवाह गरी भागेकाले न्यायको खोजीमा रहेको र छोराछोरीलाई आङ ढाक्ने कपडा समेत नभएको गुनासो गरेपछि इन्सेक सुनसरीले ती पीडितलाई सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काको रोहवरमा सहयोग गरेको हो ।
पतिले एक वर्षयता कुटपिट गरेको, खान लागाउन नदिएको दैनिक जसो शारीरिक तथा मानसिक हिंसा गरेकाले पीडित बनेको बताउदै घरमा बस्ने, खाने लाउने वातावरण सहितको न्यायको लागि अधिकारकर्मी र सञ्चारकर्मी समक्ष आग्रह गरेकोमा प्रहरीमा निवेदन दर्ता गराएको थियो ।
न्याय खोज्दै इन्सेकको सल्लाहमा प्रहरी शरणमा पुगेकी कविताले आफ्नो २५ वर्षको उमेरमा दुई छोरा र दुई छोरी जन्मेपछि २७ वर्षीय पति अशोक मेहताले सरदार थरकी केटीसँग बहुविवाह गरेकाले आफू अन्यायमा परेको दुखेसो पोखिन् ।