INSEC Online

समाचार

महिलाको हत्या गरी बालक फरार

नीलकण्ठ नगरपालिका–१४ की २५ वर्षीया मोनिका आलेमगरलाई सोही वडाको धुवाकोटको रातमाटेमा माघ ८ गते भतिज नाता पर्ने  १६ वर्षीय बालकले खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

१३ वर्षदेखि विस्थापित बाढीपहिरो पीडीतहरूको पुनर्स्थापना भएन 

२०६२ साल असोज ८ गते अविरल वर्षापछि आएको बाढीपहिरोबाट विस्थापित ३५ परिवारको अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । परशुराम नगरपालिका–३ शिर्षमा १३ वर्षअघि आएको पहिरोमा परेर एकै परिवारका आठ

बलात्कार घटनाका आरोपितद्वारा आत्मसमर्पण

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको घटनाका आरोपित शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले माघ ७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रेग्मीले बिहान जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१ घर भई बुटवल उमनपा–९ तिनकुनेस्थित मनिषा नास्ता पसल सञ्चालक ३७ वर्षीय छत्रबहादुर शाहीलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–३ भोजपुरका २५ वर्षीय सुरेन्द्र राईलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

६६ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बङ्गलाचुली गाउँपालिका–६ का ५१ वर्षीय तिलबहादुर महरालाई २ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले

दुई बालिकालाई ‘कब्जामा लिएर’ यौन दुर्व्यवहार

१० र  १७ वर्षीया दुई जना बालिकालाई माघ ६ गते ‘कब्जामा लिएर’ यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशिलसिंह राठौरले बताए । बालिकाद्वयलाई मानसिक सन्तुलन ठिक नभएका एकजनाले

बलात्कार प्रयास  घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार  गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नपा-४ पातिकाल्नाका ३२ वर्षीय गोविन्द शाही र सोही ठाउँका ३५ वर्षीय मदन शाहीविरूद्ध पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी

अभिभावकद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहार

गोरखा नपा–१० स्थित रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सरला देवकोटालाई माघ ६ गते विद्यालय परिसरमै दुर्व्यवहार भएको पीडित पक्षको आरोप छ । विद्यालय व्यवस्थापन समितिले पुस ९ गते देवकोटालाई पदबाट हटाएर

घरेलु हिंसाका घटना बढ्दो !

घरेलु हिंसाका कारण पीडित बनेका अधिकांश महिलाहरू न्यायका लागि अदालत, प्रहरी कार्यालय, स्थानीय न्यायिक समिति र मेलमिलापकर्ताको कार्यालयहरूमा धाएका घटना यस वर्ष धेरै आए । स्थानीय न्यायिक समितिबाट न्याय नपाएर

बालबालिका दुरूपयोग गरेको आरोपमा चार जनाविरूद्ध पहिलो उजुरी दर्ता

बालबालिकालाई पोस्टर टाँस्नेलगायतको काममा दुरूपयोग गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नपा–११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, सोही ठाउँका १९ वर्षीय सरोजकुमार यादव, तिलाठी कोइलाडी गापा–२ का २८ वर्षीय सुशिल मण्डल

बन्चरो प्रहार गरी पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले माघ ६ गते बिहान ३२ वर्षीया पत्नी रमा चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरे पश्चात पतिद्वारा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१६ का ५५ वर्षीय प्रेमबहादुर विश्वकर्मालाई जिल्ला अदालतले पाँच वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले माघ ६ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–७ आरूबोटेका २३ वर्षीय विजय तामाङलाई माघ ५ गते बेलुका गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ३ गते

अपरिचित व्यक्तिहरूको समूहले प्रहार गरेको धरिलो हतियारबाट एक जनाको मृत्यु, तीन जना घाइते

गोदावरी नपा–१ अत्तरिया बजारमा माघ ५ गते अपरिचित व्यक्तिहरूको समूहले धरिलो हतियार प्रहार गर्दा गोदावरी नपा–१ का १९ वर्षीय अरूण भट्टको मृत्यु भएको छ । सोही घटनामा परी गोदावरी नपा–१

शिशुहत्या घटनामा दोषी ठहर गरिएका व्यक्ति गिरफ्तार

शिशु हत्याको अभियोगमा ०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएका बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई प्रहरीले माघ ६ गते गिरफ्तार

स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर नहुँदा डेलिभरीमा समस्या

नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर र डेलीभरी गर्ने सामान नहुँदा सुत्केरी व्यथा लागेका महिलाहरू समस्यामा पर्दै आएका छन् । सो स्वास्थ्य चौकीमा डेलीभरीका सामान नहुँदा स्वास्थ्यकर्मीले घरमै डेलीभरी

विप्लवका कार्यकर्ताद्वारा दुईओटा ट्रकमा आगजनी

वीरेन्द्रनगरका एक व्यापारीलाई धम्क्याएर ५ लाख चन्दा माग गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ताविरूद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत मुद्दा चलाएको विरोधमा सुर्खेत

जन्मदर्ता नहुदाँ छुट्यो पढाई !

१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू घन

भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा विद्यार्थी टहरामै !

देवघाट गाउँपालिका–३ छिपछिपे भञ्ज्याङमा रहेको बालकेश माविको भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका अझै पनि टहरामै पढ्न बाध्य छन् । ०७२ सालको भूकम्पले सो विद्यालयको भवन भत्काएपछि त्यसयता कक्षा