जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले माघ ६ गते बिहान ३२ वर्षीया पत्नी रमा चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरे पश्चात पतिद्वारा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
पत्नीको टाउकोमा दुई पटक बन्चरो प्रहार गरेर हत्या गरेपछि प्रेमलालले घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिंहले बताए ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको बताए ।