INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिहरूको समूहले प्रहार गरेको धरिलो हतियारबाट एक जनाको मृत्यु, तीन जना घाइते

गोदावरी नपा–१ अत्तरिया बजारमा माघ ५ गते अपरिचित व्यक्तिहरूको समूहले धरिलो हतियार प्रहार गर्दा गोदावरी नपा–१ का १९ वर्षीय अरूण भट्टको मृत्यु भएको छ ।

सोही घटनामा परी गोदावरी नपा–१ का २१ वर्षीय सविन कटेल, सोही ठाउँकै २३ वर्षीय गणेश राई र १९ वर्षीय राजेश नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि माघ ५ गते साँझ घर फर्कने क्रममा अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गर्दा घटना घटेको जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिमल्सिनाले बताए ।

उनले मृतक भट्टको छातीमा गहिरो चोट लागेको बताउँदै हतियार यो नै हो भन्न नसकिएता पनि चोट हेर्दा खुकुरी वा चक्कु हुनसक्ने अनुमान रहेको बताए ।

घाइतेहरूको उपचार माघ ५ गते सेती अञ्चल अस्पतालमागरिएको छ । शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको एसपी तिमल्सिनाले जनाए ।

अन्य

भिडियो