INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई बालिकालाई ‘कब्जामा लिएर’ यौन दुर्व्यवहार

१० र  १७ वर्षीया दुई जना बालिकालाई माघ ६ गते ‘कब्जामा लिएर’ यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशिलसिंह राठौरले बताए ।

बालिकाद्वयलाई मानसिक सन्तुलन ठिक नभएका एकजनाले निर्घात कुटपिट गरेको जनाइएको छ । पीडित बालिकाद्वयको उपचार भरतपुर अस्पताल, भरतपुरमा भइरहेको छ ।

दुवै जनाको टाउकोमा चोट लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले बताए ।

नाम थर नखुलेका मानसिक सन्तुलन ठीक नभएका एक युवकले घटना गराएको र युवकको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । हालसम्म पीडित पक्षबाट प्रहरीमा उजुरी परेको छैन ।

घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका पीडित बालिकाहरू दिउँसो घर फर्कँदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकण्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी बालिकाद्वयलाई लखेटेर दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन् ।

भरतपुर अस्पतालमा उपचाररत् किशोरीको परीक्षण भइरहेकाले जबर्जस्ती करणीको प्रयास मात्रै हो वा करणी नै हो भन्ने एकिन भइ नसकेको प्रहरीले जनाएको छ ।

घाइते १० वर्षीया बालिकाको टाउकोमा रगत जमेको छ भने १७ वर्षीया किशोरीको टाउकोमा आठ ओटा टाँका लगाइएको मेसु पौडेलले बताए ।

अन्य

भिडियो