INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–७ आरूबोटेका २३ वर्षीय विजय तामाङलाई माघ ५ गते बेलुका गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते बिहान झ्याडीखोलाको जङ्गलमा दाउरा खोज्न गएका बेला यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितपक्षको तर्फबाट पीडितकी आमाले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते जिल्ला अस्पताल चौतारामा गरिएको छ ।

अन्य

भिडियो