१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१ घर भई बुटवल उमनपा–९ तिनकुनेस्थित मनिषा नास्ता पसल सञ्चालक ३७ वर्षीय छत्रबहादुर शाहीलाई माघ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको र पछिल्लो पटक माघ ५ गते अन्य ग्राहकलाई बलात्कार गर्न पठाएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा माघ ६ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ६ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको डिएसपी मल्लले बताए ।