INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशुहत्या घटनामा दोषी ठहर गरिएका व्यक्ति गिरफ्तार

शिशु हत्याको अभियोगमा ०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएका बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई प्रहरीले माघ ६ गते गिरफ्तार गरेको छ ।

घटनापछि खत्री भारतमा गएकोले नभेटाएको तर अहिले घर आएको थाहा पाएपछि मग्मा बजारबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ निवासी ३४ वर्षीया घिउकुमारी परियारसँगको अवैध सम्बन्धबाट ०६५ साल जेठ २३ गते जन्मिएको बच्चालाई सोही दिन हत्या गरेको भन्दै दुवैजना विरूद्ध उजुरी परेपछि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि अदालतले ०६६ असोज ६ गते दुवैजनालाई २० वर्ष कैद सजाय सुनाएकोमा घिउकुमारीलाई रूकुम कारागारमा चलान गरिएपनि डम्बर भने अहिलेसम्म फरार रहेका थिए ।

गिरफ्तारीमा परेका डम्बरलाई अदालतमा पेश गरेर कारागार पठाइने जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।

अन्य

भिडियो