INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

६६ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बङ्गलाचुली गाउँपालिका–६ का ५१ वर्षीय तिलबहादुर महरालाई २ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले माघ ७ गते महरालाई कैद गर्ने फैसला गरेको हो । पीडितलाई महराले ०७४ चैत २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि चैत २७ गते आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्दा चलाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७४ चैत २७ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो । कसुरमा दोषी ठहरिएका महराको जिल्ला कारागार घोराहीमा पुर्पक्षमा रहेकै बेला चिसोले बिरामी भएपछि उपचारको क्रममा ०७५ पुस २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

अन्य

भिडियो