INSEC Online

समाचार

धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–२ बस्ने ४३ वर्षीय देवबहादुर रानालाई चैत १९ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई चैत १२ गते

हावाहुरीबाट पीडित भएकालाई उचित स्यहारका लागि सरकारसँग मानवअधिकारकर्मीको आग्रह

हावाहुरीबाट पीडित भएका सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई उचित स्यहार गर्न सरकारसँग मानव अधिकारकर्मीहरूले चैत १९ गते आग्रह गरेका छन् । बारा र पर्सा जिल्लामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका ६ अर्चलेका ४६ वर्षीय बुवालाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै

बलात्कृत बालिका आमा बनिन्, न्याय नपाएको भन्दै पीडित परिवार चिन्तित

सप्तरीकी १४ वर्षीया बलात्कृत बालिकाले चैत १९ गते छोरीलाई जन्म दिएकी छिन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले दिउँसो ४:१० मा छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । अस्पताल नर्सिङ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया कालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडितका

वडा सदस्यद्वारा इञ्जिनियरलाई कुटपिट, कुटपिटविरुद्ध कर्मचारी आन्दोलनमा

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घरभई लिसंखुपाखर गाउँपालिकाको इञ्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई सोही गाउँपालिका-१ का वडा सदस्य दावादोर्जे तामाङले इञ्जिनियरकै कार्यकक्षमा गएर कुटपिट गरेको भन्दै चैत १९ गतेदेखि अनिश्चितकालका लागि लिसंखुपाखर

महाशिला गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

महाशिला गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले विभिन्न माग राख्दै चैत १८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्दा गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा प्रभावित भएको छ । कांग्रेसले महाशिला गाउँपालिकाको कुनै पनि निर्णय

हिंसा पीडित महिलाहरूको एकमात्र आवास सहितको अल्पकालीन सेवा केन्द्र संकटमा

सरकारले दिने अनुदान रोकिएपछि हिंसा पीडित महिलाहरूको लागि रामेछाप जिल्लामा सञ्चालित एकमात्र अल्पकालीन सेवा केन्द्र संकटमा परेको छ । हिंसा पीडित महिलाहरूको लागि अल्पकालिन रूपमा आवस सहितको आरक्षण दिने सो

कर्मचारी नभएकै कारण मातृ शिशु क्लिनिक बन्द

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले सञ्चालन गर्दै आएको मातृ शिशु क्लिनिकमा खोप सेवा दिँदै आएका कर्मचारी नहुँदा साना बालबालिकाले खोप सेवाबाट बञ्चित हुनु परेको छ । हरेक आइतबार, मंगलबार र शुक्रबार

कारागारबाट एसइइ दिएकाको प्रतिक्रिया–‘सकारात्मक बाटोका लागि पढ्यौँ’

०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइइ परीक्षामा केन्द्रीय कारागार सुन्धारा तथा डिल्लीबजार कारागार काठमाडौँबाट एक छात्रा सहित आठ जना सहभागी भएको इन्सेक काठामाडौँ प्रतिनिधि विमला पौडेलले जनाएकी छन् ।

आँधीले क्षणभरमै बिथोल्यो घरसंसार !

“खाना खाएर सुत्ने तरखर गर्दै थियौँ । एक्कासी बाहिर ठुलो आवाज आयो । के भएको हो भन्ने ठम्याउनै सकेनौँ । अल्मलिएकै बेला आँधी भित्र पस्यो । घर नै उडाएर लग्यो

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भातृ सङ्गठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ । कुश्मा नपा–८ बस्ने परियारलाई कुश्मा

राजनीतिक नेतृत्वबाट हावाहुरी प्रभावित क्षेत्रको अवलोकन

प्रधामन्त्री केपी शर्मा ओलीले चैत १८ गते कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरी उपचार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री

हावाहुरीले सयौँ घर भत्काएपछि सर्वसाधारण स्थानीय खुला आकाशमुनी

हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा ५५ जना भन्दा बढी व्यक्तिको घरमा क्षति पुगेको छ । हावाहुरीले साफी मिया अन्सारी, बगर मिया अन्सारी, मोजम मिया अन्सारी, अब्दुल हकिम मिया, अनताफ मिया

हत्या घटनाका आरोपित गिरफ्तार

रून्टीगढी गाउँपालिका–३ की २२ वर्षीया कल्पना घर्तीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भाइ लुमबहादुर घर्तीलाई चैत १७ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा चैत १६ गते भाइले चिरपट

अपरिचित व्यक्तिले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु

अपरिचित व्यक्तिले प्रहार गरेको गोलीबाट कृष्णनगर नपा–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको चैत १७ गते हत्या भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट

पानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

जिल्ला सदरमुकाम फिदिम बजारमा दुई सातायता खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको छ । फिदिम बृहत खानेपानीको लाइन टुटफुट भएपछि चैत ४ गतेदेखि बजारमा पानी वितरण हुन सकेको छैन ।

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका बागलुङ जिल्ला संयोजक २२ वर्षीय प्रविण सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले चैत १८ गते गिरफ्तार गरेको छ । बागलुङ

राहत, उद्धार र उपचारका लागि आयोगको अपील

हावा हुरीबाट बारा र पर्सा जिल्लामा २७ जना व्यक्तिको ज्यान गएको र सयौँ घाइते एवम् घरबारविहीन भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चैत १७