INSEC Online

📅 २०८३ जेष्ठ २१

राहत, उद्धार र उपचारका लागि आयोगको अपील

हावा हुरीबाट बारा र पर्सा जिल्लामा २७ जना व्यक्तिको ज्यान गएको र सयौँ घाइते एवम् घरबारविहीन भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चैत १७ गते बेलुका भएको उक्त दुःखद् घटनाका सम्बन्धमा आयोगमा चैत १८ गते आकस्मिक बैठक बसी मृतकका परिवारहरुलाई पुगेको यस चोटप्रति आयोगले विज्ञप्तिमार्फत गहिरो समवेदना प्रकट गरेको छ ।

घटना सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख गर्दै प्राप्त जानकारी अनुसार हालसम्म २७ जनाको ज्यान गएको जनाएको छ ।

आयोगले विभिन्न अस्पतालमा घाइतेहरुको अत्याधिक चापका कारण औषधि, रगत र चिकित्सकको अभाव देखिएको जनाएको छ ।

गाउँ–गाउँमा रहेका घाइतेहरुको तत्काल उद्धारको आवश्यकता देखिएको उल्लेख गर्दै हावाहुरीबाट घरबारविहीनहरुको लागि तत्काल खाद्यान्न र बासस्थानको आवश्यकता देखिएको जनाएको छ ।

प्रकोप प्रभावित जिल्लाहरुमा आवश्यक औषधि र चिकित्सकहरुको तत्काल व्यवस्था गर्र्नु पर्ने खाँचो औँल्याउदै घाइतेहरुको उद्धार तथा निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन एवम् मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्य

भिडियो