अपरिचित व्यक्तिले प्रहार गरेको गोलीबाट कृष्णनगर नपा–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको चैत १७ गते हत्या भएको प्रहरीले जनाएको छ ।
एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बाहिर बोलाएर गोली प्रहार गरेका थिए ।
छातीमा गोली लागी गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताए ।
डिएसपी रावलले घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्नहरुको खोजी भइरहेको बताए ।
शवको पोष्टमार्टम चैत १८ गते प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो । हत्या गरिएका पुरी वैदेशिक रोजगारीका लागि युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।