INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी नभएकै कारण मातृ शिशु क्लिनिक बन्द

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले सञ्चालन गर्दै आएको मातृ शिशु क्लिनिकमा खोप सेवा दिँदै आएका कर्मचारी नहुँदा साना बालबालिकाले खोप सेवाबाट बञ्चित हुनु परेको छ ।

हरेक आइतबार, मंगलबार र शुक्रबार खोप सेवा दिइँदै आएकोमा सरकारले दरवन्दी नै काटेको र दरबन्दी भएकाहरू पनि निवृत्तभरणमा निस्केकाले समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

उक्त मातृ शिशु क्लिनिकमा कार्यरत दुई जना अनमी निवृत्त भइ गएको र उनीहरूको ठाउँमा नयाँ दरबन्दी नभएकाले पनि यस्तो समस्या भएको जनस्वास्थ्य कार्यालय भरतपुरका निमित्त प्रमुख अनुप ढकालले बताए ।

कर्मचारी नभएकै कारण खोप सेवा सञ्चालन गर्न नसकिने भनेर चैत १२ गते सार्वजनिक सूचना नै जारी गरेपछि नियमित खोप लगाउँदै आएका १ सय नवजात शिशु तथा बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन परेको ढकालले बताए ।

यसरी सेवा दिँदै आएको सरकारी स्वास्थ्य संस्था नै बन्द भएपछि सेवा लिन अउने सेवाग्राहीहरूलाई सम्झाइ बुझाइ अन्त पठाउने गरेको उनले बताए ।

केही मिनेटको दुरीमा रहेका अन्य स्वास्थ्य संस्थाबाट खोप लिन सकिने भए पनि ती निजी संस्था भएकाले ढुक्क हुन नसकिने सेवाग्राही भरतपुर–१० की २६ वर्षीय नम्रता श्रेष्ठले बताइन् ।

अन्य

भिडियो