INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भातृ सङ्गठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

कुश्मा नपा–८ बस्ने परियारलाई कुश्मा नपा–१२ ठूलिपोखरीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ठूलिपोखरीलगायतका क्षेत्रमा सङ्गठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए ।

गिरफ्तार गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो