INSEC Online

📅 २०८३ श्रावण ५

राजनीतिक नेतृत्वबाट हावाहुरी प्रभावित क्षेत्रको अवलोकन

प्रधामन्त्री केपी शर्मा ओलीले चैत १८ गते कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरी उपचार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

cfOtaf/ ;+fem cfPsf] x'/Ldf k/L jL/uGhsf] gf/fo0fL c:ktfndf egf{ ePsf 3fOt]sf] ca:yf a'emb} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M laho s'df/ dxtf] /f;; k;f{

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि जिल्ला अस्पताल कलैया पुगी घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पतालमा उपचार गराइरहेका ४९ जना घाइतेको अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई अस्पतालका डा. सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको टोलीले पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझेको छ ।

यसअघि गृह सचिव प्रेमकुमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न नहुने बताए ।

त्यसैगरी प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत गद्दी र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बारामा हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री गद्दीले जिल्ला अस्पताल कलैयामा पुगी घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले घाइतेहरुको उपचारमा कुनै कमी नगर्न चिकीत्सकहरुलाई निर्देशन दिएका छन्। दुवै मुख्यमन्त्री हावाहुरीबाट प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकाको पुरैनिया, भलुही भरवलियालगायतको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्रीहरु सँगै बाराका प्रतिनिधिसभा सदस्य रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य पारस साहलगायतका जनप्रतिनिधि रहेका थिए ।

मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल सहितको टोली रहेको थियो ।

अन्य

भिडियो