INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रदेश २ लोकसेवा विधेयक पारित

साउन २१ गते बसेको प्रदेश २ को प्रदेश सभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न

प्रहरीले लखेट्दा बेपत्ता भएका बालकको शव भेटियो

आठविसकोट नपा-९ राडीबजारको मोबाइल पसलमा चोरी गरेको आरोपमा साउन १८ गते राति प्रहरीले गिरफ्तार गर्न खोज्दा भागेर बेपत्ता भएका बालकको शव साउन २१ गते सुर्खेतको मेहेलकुनामा फेला परेको छ ।

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य सहित तीनजना कार्यकर्तालाई साउन २१ गते प्रहरीले त्रिवेणी गाउँपालिका-६ मुरुबाट गिरफ्तार गरेको छ । पार्टीका केन्द्रीय सदस्य त्रिवेणी गाउँपालिका-२ बस्ने ४८ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-१ का ३५ वर्षीय बाबुलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बाबुले मदिरा सेवन गरी साउन १७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-३ का ५० वर्षीय यमबहादुर गुरुङलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुर्खेत जिल्ला कमिटी सदस्य बराहताल गाउँपालिका-९ बस्ने ५१ वर्षीय हिरालाल सुनारलाई प्रहरीले बराहताल गाउँपालिका-१० ओदाल तालबाट गिरफ्तार गरेको छ । पार्टीको दस्तावेज सहित साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितमध्ये १७ वर्षीय एक बालक साउन २० गते गिरफ्तार भएका छन् । पीडित बालिका गाईबस्तु चराउन जङ्गल गएका बेला चार जनाले असार १८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले रुपनी गाउँपालिका-४ का १९ वर्षीय सियाराम राम र २० वर्षीय प्रदिप भनिने आनन्द रामलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित

गर्भवती महिलाको हत्या घटनाका आरोपित सासू र ससुरा गिरफ्तार

अग्नीसाइर कृष्णसवरण गाउँपालिका-३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा ४५ वर्षीया सासू लीलादेवी यादव र ५५ वर्षीय ससुरा महेन्द्र यादवलाई प्रहरीले साउन २१ गते गिरफ्तार गरेको छ ।

मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श

इन्सेकको आयोजनामा मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श तथा अन्तरक्रिया कार्यक्रम साउन २१ गते काठमाडौँमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त

प्रहरीको लाठी चार्जबाट उपमेयर सहित पाँच जना घाइते

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच साउन २१ गते भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीले गरेको लाठी चार्जबाट उपमेयर सहित पाँच

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्षमण सेरेलालाई साउन २१ गते प्रहरीले माया मेट्रो अस्पताल, धनगढीबाट गिरफ्तार गरेको छ । साउन २

प्रतिबन्धित पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । प्रहरीले दमक नगरपालिका–३ बेलडाँगीबाट दमक सेक्रेटरी ३७ वर्षीय सुवास

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता बुढिनन्दा नगरपालिका–१ निवासी २३ वर्षीय लालबहादुर शाहीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । कोल्टीबाट सई शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले

नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा र १५ लाख जोखिममा

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख मानिस जोखिममा रहेको जनाएको छ । मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनूपराज शर्माले आन्तरिक

सैपाल हिमाल माविका ५० जना विद्यार्थी छात्रवृत्तिबाट वञ्चित

सिमकोट गाउँपालिका–८ मा रहेको सैपाल हिमाल माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरूले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले देशभरका दलित तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरे पनि सो

निःशुल्क भनिएको मावि तहमा शुल्क तिर्दै विद्यार्थी

सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भएता पनि विद्यार्थीहरूले शुल्क तिर्नु परेको गुनासो गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ को दफा २० मा माध्यमिक तहसम्मको शिक्षा

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-६ का २२ वर्षीय दिपेन्द्र मुरावविरूद्ध पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको पीडित पक्षको आरोप

हुप्सेकोट गाउँपालिका-४ झ्यालबासको अर्पण बोर्डिङ्ग स्कुलमा अध्ययनरत सात वर्षीय छात्र विपसन पाण्डे शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले बताएका छन् । साउन २० गते गृहकार्य नगरेको आरोपमा विद्यालयका शिक्षक सचिन

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पुचौँडी नगरपालिका-३ सल्लेवनका ४३ वर्षीय नैनसिंह धामीलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ । घरबाटै गिरफ्तारीमा परेका धामीविरूद्ध साउन २० गते