INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य सहित तीनजना कार्यकर्तालाई साउन २१ गते प्रहरीले त्रिवेणी गाउँपालिका-६ मुरुबाट गिरफ्तार गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य त्रिवेणी गाउँपालिका-२ बस्ने ४८ वर्षीय श्यामबहादुर बोहरा, विद्यार्थी सङ्गठनका जिल्ला सहसंयोजक सोही ठाउँ बस्ने १९ वर्षीय प्रेमप्रशान्त बोहरा र विद्यार्थी सङ्गठनकै जिल्ला संयोजक आठविसकोट नपा-११ का १८ वर्षीय हरि पुनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

जिल्लाबाट गएको प्रहरी टोली साउन २१ गते राति १० बजे मुरु पुग्दा गिरफ्तार गरिएका सबै एकैठाउँमा जम्मा भई शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए ।

गिरफ्तार भएका तीनै जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

अन्य

भिडियो