INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-३ का ५० वर्षीय यमबहादुर गुरुङलाई साउन २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २० गते मैखिक रूपमा जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको र पीडित पक्षले लिखित उजुरी साउन २१ गते दिएको उक्त कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २१ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो