१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले रुपनी गाउँपालिका-४ का १९ वर्षीय सियाराम राम र २० वर्षीय प्रदिप भनिने आनन्द रामलाई साउन २० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई साउन १७ गते सियारामले बलात्कार गरेको र आनन्दले घर बाहिर पहरा दिएको भन्दै पीडितले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
आरोपितहरूलाई गिरफ्तार गरी साउन २० गते जबरजस्ती करणीको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण हालसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीकी इन्स्पेक्टर रीता पौडेलले बताइन् ।