INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पुचौँडी नगरपालिका-३ सल्लेवनका ४३ वर्षीय नैनसिंह धामीलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

घरबाटै गिरफ्तारीमा परेका धामीविरूद्ध साउन २० गते राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दिपक पातलीले जानकारी दिए ।

धामी प्रतिबन्धित नेकपामा आवद्ध भई जिल्लास्थित विभिन्न स्थान र कार्यालमा तालाबन्दी गर्ने, चन्दा असुली गर्ने, आगजनी गर्नेलगायतका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो