नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्षमण सेरेलालाई साउन २१ गते प्रहरीले माया मेट्रो अस्पताल, धनगढीबाट गिरफ्तार गरेको छ ।
साउन २ गते धनगढीको चटकपुरस्थित शहीद गेट नजिकै निलम होटलमा बम विस्फोटमा परी घाइते भएका सेरेलाकोे माया मेट्रो अस्पतालमा प्रहरीकै निगरानीमा उपचार भइरहेको थियो ।
उपचारपछि सेरेलालाई साउन २१ गते अस्पतालले डिस्चार्ज गरेकोमा अस्पतालबाटै प्रहरीले गिरफ्तार गरेको हो ।
बझाङ जिल्ला जयपृथ्वी नपा—१४ का २६ वर्षीय रामबहादुर सिंहले बोकेको बम साउन २ गते विष्फोट हुँदा उपचारका क्रममा बमको मृत्यु भएको थियो भने सेरालासहित पाँच जना घाइते भएका थिए ।