INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ ।
प्रहरीले दमक नगरपालिका–३ बेलडाँगीबाट दमक सेक्रेटरी ३७ वर्षीय सुवास राई र जिल्ला युवा सङ्गठन सदस्य ३२ वर्षीय पुकार लामालाई गिरफ्तार गरेको हो ।

सेक्रेटरी मनिषले विज्ञप्तिमार्फत गिरफ्तारीमा परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गरेका छन् । प्रहरीले गिरफ्तारीमा परेकाद्वयलाई कहाँ राखेको छ भन्ने कुरामा जानकारी दिन अस्वीकार गरेको छ ।

सेक्रेटरी मनिषले भने आफ्ना कार्यकर्ता इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेको दावी गरेका छन् ।

अन्य

भिडियो