INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता बुढिनन्दा नगरपालिका–१ निवासी २३ वर्षीय लालबहादुर शाहीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ ।

कोल्टीबाट सई शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले शाहीलाई घरबाटै गिरफ्तार गरी राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय, बाजुराका एसपी उद्धबसिंह भाटले जनकारी दिए ।

गिरफ्तारीमा परेका शाहीबाट एक थान खुकुरी, ६ ओटा डायरी र ४४ थान पर्चा पम्पलेटहरू बरामत गरिएको प्रहरीले जनाएको छ  ।

अन्य

भिडियो