राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त तीन मन्त्रीहरुलाई शीतल निवासमा आयोजित एक समारोह बिच ०८२ भदौ ३० गते पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले ०८२ भदौ २९ गते अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गर्नु भएको थियो ।
अर्याललाई गृहसहित कानुन र घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।