INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

जेनजी आन्दोलनको क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा घाइते भएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय विजय लामाको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा महानगरपालिका– १६ मा बस्दै आएका लामा कतिपयलाई शुक्लागण्डकी– ११ पनि ठेगाना बताउने गरेका थिए ।

आगोले करिब ७० प्रतिशत शरीर जलेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पताल प्रशासनले लामाको ०८२ भदौ २७ बिहान १२ बजे मृत्यु भएको पुष्टि गरेको छ ।

आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । कास्कीका अधिकांश कार्यालय ध्वस्त भएपछि उनीहरू डोजरसहित जिल्ला प्रहरी कार्यालयतर्फ पुगेका थिए । गेट भत्काउँदै कार्यालयभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले तोडफोड, लुटपाट र आगजनी गरेका थिए । प्रहरीले लुटिएको केही हतियार फिर्ता पाएको र केही अझै हराइरहेको जनाएको छ ।

सोही क्रममा प्रहरी कार्यालयमा डोजर लिएर प्रवेश गरेका एक युवक गोली लागेर घाइते भएका छन् र हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरूले रत्नचोकस्थित अभि इक्युपमेन्ट डिभिजन कार्यालयबाट डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा तोडफोडमा प्रयोग गरेका थिए ।

अन्य

भिडियो