नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ०८२ भदै २९ गते सिंहदरबारमा पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार गर्दै नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले जनेजी आन्दोलनका क्रममा मुलुकमा व्यापक जनधनको क्षति भएको भन्दै सुरक्षा निकाय, प्रहरी बिट, अदालत, सिंहदरबारसमेत आगोले जलेर नष्ट भएको र भौतिक भवनको क्षति बनाउन सकिने तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा पुगेको बताउनु भयो ।
उहाँले भन्नु भयो आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लागेको छ, प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन, सबैको छानबिन हुन्छ ।