रसुवाको धुन्चेस्थित कारागारबाट ०८२ भदौ २५ गते भागेका ९८ जना कैदीबन्दी मध्ये भदौ २९ गते साँझसम्म ९० जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।
धुन्चेस्थित कारागारबाट भदौ २५ गते ९८ जना कैदीबन्दी भागेकोमा भदौ २६ गते कालिका गाउँपालिका–१ ग्राङ र कालिकास्थानबाट ६१ जना कैदीबन्दीहरुलाई गिरफ्तार गरिएको थियो ।