INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडरियाका २७ वर्षीय सलमान भन्ने असरफ अलीलाई ०८२ भदौ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते भिम अस्पताल गरिएको छ ।

अन्य

भिडियो