काठमाडौँको चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ०८२ भदौ २९ गते ६ जनाको शव फेला परेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले बताउनु भयो । उहाँका अनुसार जलेको अवस्थामा ६ ओटा मानव कंकाल फेला परेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
जेनजी आन्दोलनको क्रममा चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा आन्दोलनकारीहरुले भदौ २४ गते तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट सुपर मार्केट पूर्ण रुपमा जलेको छ ।