INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप कारागारमा कैदीबन्दी भाग्नलाग्दा स्थिति नियन्त्रणमा लिन ०८२ भदौ २६ गते सुरक्षाकर्मीले चलाएको गोली लागि घाइते भएका जनकपुर उपमहानगरपालिका–१२ का ४० वर्षीय मनोज महताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ०८२ भदौ २८ गते मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर कौशल न्यौपानेका अनुसार उनी मानव बेचबिखन मुद्दामा रामेछाप कारागारमा सजाय काटिरहेका थिए ।

यस अघि गोली लागि घाइते भएका मोरङ जिल्लाका ३५ वर्षीय राजकिश्वर यादव र धनुषा जिल्ला भरतपुरका ५८ वर्षीय बिगुरु धोबीको ०८२ भदौ २६ गते नै रामेछाप अस्पतालमा मृत्यु भएको थियो ।

सो घटनामा परि १५ जना कैदीबन्दी घाइते भएका थिए । घाइते मध्ये पाँच जनाको धुलिखेल अस्पतालमा र सात जनाको रामेछाप अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो